दफा २४
स्थानीय स्तरका सञ्चार माध्यमबाट गरिने विज्ञापन तथा होर्डिङ्ग बोर्डको अनुगमन तथा नियमन
(१) होर्डिङ्ग बोर्ड वा प्रचलित कानून बमोजिम स्थानीय तहबाट अनुमति प्राप्त गरी स्थानीय स्तरमा सञ्चालन भएका छापा वा विद्युतीय सञ्चार माध्यमबाट हुने वा भएका विज्ञापनमा यस ऐन तथा प्रचलित कानून बमोजिमको मापदण्ड पूरा गरे नगरेको विषयको अनुगमन तथा नियमनको काम सम्बन्धित स्थानीय तहले गर्नेछ ।
(२) उपदफा (१)को प्रयोजनको लागि स्थानीय तहले आवश्यक कानूनी व्यवस्था मिलाउनेछ ।
(३) उपदफा (१) बमोजिम अनुगमन गर्दा कसैले बिज्ञापन गर्दा यो ऐन बा यस ऐन बमोजिम बनेको नियम वा मापदण्ड पालना गरेको नपाइएमा वा अनधिकृत रुपमा होर्डिङ्ग बोर्ड राखेको पाइएमा कारण उल्लेख गरी त्यस्तो विज्ञापन संशोधन गर्न, बन्द गर्न वा हटाउन आदेश दिनेछ । त्यसरी दिएको आदेशको पालना गर्नु सम्बन्धित पक्षको कर्तव्य हुनेछ ।
(४) उपदफा (१) बमोजिम अनुगमन गर्दा यो ऐन वा यस ऐन बमोजिम बनेको नियम वा मापदण्ड पालना नगरी विज्ञापन गर्ने व्यक्ति वा अनधिकृत रुपमा होर्डिङ्ग बोर्ड राख्ने वा त्यसमा विज्ञापन गर्ने व्यक्तिलाई स्थानीय तहको न्यायिक समितिको आदेशले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ । अनुगमनको क्रममा कसैले विज्ञापन गर्दा यो ऐन बमोजिम कसूर हुने काम गरेको पाइएमा त्यस्तो व्यक्तिलाई यस ऐन बमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनेछ ।
(५) स्थानीय स्तरका सञ्चार माध्यमबाट गरिने विज्ञापन तथा होर्डिङ्ग बोर्डको अनुगमन तथा नियमन सम्बन्धी अन्य व्यवस्था यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको प्रतिकूल नहुने गरी सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ ।